Exodus 33:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले र मिश्रदेशदेखि ल्‍याएका मानिसहरूले यो ठाउँ छोड्‍न र मैले अब्राहाम, इसहाक, याकूब र तिनका सन्‍तानलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देशमा जानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्रबाट ल्‍याएका यी मानिसहरूसँग त्‍यस देशमा जा, जसको विषयमा ‘तेरा सन्‍तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्‍नुभयो, “तँ र तैँले इजिप्टबाट निकालेर ल्याएका मानिसहरू यस ठाउँलाई छोडेर मैले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा ‘म यो तिमीहरूका सन्तानहरूलाई दिनेछु’ भनेको देशमा जानू।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु।