Exodus 33:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी मानिसले आफ्‍नो साथीसित कुरा गर्छ, त्‍यसरी परमप्रभु मोशासित मुखामुख कुरा गर्नुहुन्‍थ्‍यो। त्‍यसपछि मोशा पालमा फर्कन्‍थे। तर तिनलाई मद्दत गर्ने युवा नुनको छोरो यहोशूचाहिँ त्‍यहीँ पवित्र पालमा बस्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्‍थ्‍यो, जसरी कोही आफ्‍ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्‍यस पालबाट निस्‍कँदैनथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै मानिस आफ्नो मित्रसित बोलेझैँ याहवेह मोशासित आमने-सामने बोल्नुहुन्थ्यो। त्यसपछि मोशा छाउनीमा फर्कन्थे, तर तिनको जवान सहायक नूनका छोरा यहोशूले पाल छाड्दैनथे।
Nepali ERV (पवित्र बाइबल)
यस रीति अनुसार परमप्रभुले मोशासंग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसंग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो।