Exodus 33:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले परमप्रभुलाई भने, “तपाईंले यी मानिसहरूलाई त्यस देशमा डोर्याई लैजान मलाई भन्नुभएको साँचो हो, तर मसँग क-कसलाई पठाउनुहुनेछ त्यो त भन्नुभएन। तपाईंले भन्नुभयो कि तपाईंले मलाई चिन्नुहुन्छ र मसँग प्रसन्न हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्नुहुन्छ, तर मसित को-को पठाउनुहुन्छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्छु: र तँमाथि मेरो निगाह भएको छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले याहवेहलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई डोर्याउनू,’ भन्दै आउनुभएको छ; तर तपाईंले मसित कसलाई पठाउनुहुनेछ, त्यो भन्नुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नामले नै चिन्छु, र तँमाथि मेरो निगाह परेको छ।’
Nepali ERV (पवित्र बाइबल)
मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसंगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’