Exodus 33:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हो भने मलाई आफ्‍नो इच्‍छा भन्‍नुहोस् र म तपाईंको सेवा गरेर तपाईंलाई प्रसन्‍न तुल्‍याइरहूँ। तपाईंले यस जातिलाई आफ्‍नै प्रजा सम्‍झनुहोस्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्‍झनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईं मसित प्रसन्‍न हुनुहुन्छ भने मलाई तपाईंका मार्ग सिकाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ; अनि तपाईंको निगाह पाइरहन सकूँ। स्मरण रहोस्, यो जाति तपाईंकै मानिसहरू हुन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”