Exodus 33:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले भनेझैँ म गर्नेछु किनभने म तँलाई राम्ररी चिन्‍छु र तँसित प्रसन्‍न छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो दृष्‍टिमा निगाह पाएको छस्, र मैले तँलाई नाउँले नै चिनेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्‍नुभयो, “तैँले भनेकै कुरा म गर्नेछु; किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्; र मैले तँलाई तेरो नामले चिनेको छु।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसंग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”