Exodus 33:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उत्तर दिनुभयो, “म मेरो सारा गौरव तेरो सामुबाट पार गराउनेछु र तेरो अघि आफ्‍नो पवित्र नाम उच्‍चारण गर्नेछु। म परमप्रभु हुँ र मैले चुनेकाहरूलाई म आफ्‍नो करुणा र दया देखाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्‍नुभयो, “म तेरै सामुन्‍ने मेरो सारा श्रेष्‍ठता देखाउनेछु, र तेरै सामुन्‍ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्‍छु त्‍यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्‍छु, त्‍यसलाई म कृपा देखाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्‍नुभयो, “म तेरै सामु मेरो सारा भलाइ देखाउनेछु; र तेरै सामु याहवेह नामको घोषणा गर्नेछु। जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु। जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु।