Exodus 33:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई यसो भन्‍न परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो, “तिमीहरू हठी मानिस छौ। म तिमीहरूसित एकै दिन मात्र हिँडे भने पनि म तिमीहरूलाई पूरा नाश पार्नेछु। अब तिमीहरूले आफ्‍ना गरगहना खोल र तिमीहरूलाई के गर्नुपर्ने हो, सो म निश्‍चय गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्‍ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्‍म पार्नेछु। अब तिमीहरूले आफ्‍ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू हठी मानिसहरू हौ। यदि म केही समयको लागि मात्र पनि तिमीहरूसित जानुपर्‍यो भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूका आफ्ना गहनाहरू फुकाल र तिमीहरूलाई के गर्नुपर्छ, सो म निर्णय गर्नेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसंग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।”‘