Exodus 33:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहिलेजहिले इस्राएलका मानिसहरूले पाल टाँगेर डेरा बनाउँथे, मोशाले पालदेखि केही टाढासम्म पवित्र पाल लगेर राख्थे। त्यसलाई परमप्रभुको पवित्र पाल भनिन्थ्यो र त्यहाँ परमप्रभुको राय लिन चाहने मानिस जानेगर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्ने गर्थे। तिनले त्यसलाई “भेट हुने पाल” भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेट हुने पालमा जान्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मोशाले एउटा पाल लिएर त्यसलाई “समागम पाल” भनेर छाउनीदेखि केही टाढासम्म टाँग्ने गर्थे। याहवेहसित भेट गर्न चाहने जोसुकै पनि छाउनीबाहिर भएको समागम पालमा जान्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल”नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो।