Exodus 34:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलेका जस्ता दुईवटा ढुङ्गाका पाटीहरू काटेर ले अनि म ती पाटीमा त्यही शब्दहरू लेख्नेछु, जुन तैँले फुटाएका पहिला पाटीहरूमा लेखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुई वटा पाटी काटेर ले। म ती पाटीमा त्यही कुरा लेख्नेछु, जो तैंले फुटाएको पहिलेका पाटीमा लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काट्, र म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैंले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ।