Exodus 34:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “अब म इस्राएलीहरूसँग करार बाँध्छु। म तिनीहरूको अघि महान् कार्यहरू गर्नेछु। त्यस्ता कार्यहरू अघि कहिल्यै पृथ्वीका कुनै जातिका बीचमा कहीँ पनि गरिएका थिएनन्। म परमप्रभुले कस्तो महान् कार्य गर्न सक्छु, त्यो सबै मानिसहरूले देख्नेछन् किनभने म तिमीहरूको निम्ति एउटा महान् र भयानक काम गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले भन्नुभयो, “हेर्, तँसँग म एउटा करार बाँध्छु। तेरा सारा मानिसहरूकै सामु म यस्ता आश्चर्यका कामहरू गर्नेछु, जो सारा पृथ्वीमा कुनै जातिमा कहिल्यै गरिएका छैनन्। यी मानिसहरू, जसका बीचमा तँ छस्, तिनीहरूले देख्नेछन् कि म, परमप्रभु, तेरो लागि एउटा आश्चर्यपूर्ण काम गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले भन्नुभयो: “म तँसित एउटा करार बाँध्दछु। म तेरा सबै मानिसहरूको सामु यस संसारमा भएका कुनै जातिको बीचमा कहिल्यै पनि नगरिएका अद्भुत कार्यहरू गर्नेछु। तँ जुन मानिसहरूसित बस्दछस्, तिनीहरूले म याहवेहले कस्तो महान् काम तिमीहरूका निम्ति गर्नेछु, त्यो देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभयो, “म यो करार तिम्रा सबै मानिसहरूसंग बनाउन गइरहेछु। म यस्तो आश्चर्यजनक कामहरू गर्नेछु जुन यस पृथ्वीको कुनै भूमिमा अथवा राष्ट्रमा कहिल्यै भएका थिएनन्। तिमीहरू प्रत्येकले देख्नेछन् म परमप्रभु अनि महान सर्वोच्च हुँ।