Exodus 34:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस देशका मानिसहरूसित सन्‍धि-सम्‍झौता नगर्नू किनभने तिनीहरूले आफ्‍ना देवताका मूर्तिपूजा गरी बलि चढाउँदा तिमीहरूलाई पनि निम्‍त्‍याउनेछन् र तिनीहरूका देवतालाई चढाएका भोजन खाने लालसा तिमीहरूमा जाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“होशियार, त्‍यस देशका बासिन्‍दाहरूसित तिमीहरूले सन्‍धि नगर्नू, नत्र उनीहरू आफ्‍ना देवताहरूका पछि लागेर आत्‍मिक व्‍यभिचारझैँ गर्दा र आफ्‍ना देवताहरूका लागि बलि गर्दा, उनीहरूले तिमीहरूलाई बोलाउनेछन्‌ र तिमीहरूले उनीहरूका बलिदानहरू खानेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस देशमा बस्‍नेहरूसित होशियार हुनू र करार नबाँध्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूका अगि व्यभिचार गर्दा र तिनीहरूका लागि बलिदान चढाउँदा तिमीहरूलाई निम्तो दिनेछन्; अनि तिमीहरूले तिनीहरूका बलिदानबाट खानेछौ।
Nepali ERV (पवित्र बाइबल)
“होशियार होऊ त्यस ठाउँमा बस्ने मानिसहरूसंग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन्।