Exodus 34:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अखमिरी रोटीको चाड मनाउनू। मैले आज्ञा गरेअनुसार आबीब महिनामा सात दिनसम्म अखमिरी रोटी खानू किनभने त्यही महिनामा तिमीहरूले मिश्रदेश छोडेका थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अखमिरी रोटीको चाड़ मान्नू। मेरो आज्ञाबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म अखमिरी रोटी खाँदैरहनू। किनभने आबीब महिनामा तिमीहरू मिश्रदेशबाट निक्लेर आएका हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अखमिरी रोटीको चाड मनाउनू। सात दिनसम्म मैले तिमीहरूलाई आज्ञा दिएझैँ, खमिर नमिसाइएको रोटी खानू। यो आबीब महिनाको तोकिएको समयमा गर्नू; किनकि तिमीहरू त्यही महिनामा इजिप्टबाट निस्केर आएका हौ।
Nepali ERV (पवित्र बाइबल)
“अखमिरे रोटीको चाड मनाऊ। मैले तिमीहरूलाई आज्ञा दिए अनुसार सात दिनसम्म खमीर बिनाको रोटी खाऊ। यो आबीब महीनामा गर, किनभने त्यो त्यही महीनामा हो जब तिमीहरू मिश्र बाहिर आएका थियौ।