Exodus 34:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गधाको हरेक पहिलो बच्चालाई त्यसको सट्टामा एउटा भेडाको पाठो दिएर छुटाउनू। त्यसरी तिमीहरूले फिर्ता लिएनौ भने त्यसको घिच्रो भाँचिदिनू। सबै जेठा छोराहरू यस्तै रीतिले किनी छुटाउनू। “कोही पनि भेटी नलिई मेरो सामु नआओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गधैनीको पहिलो बियाएको बछेड़ालाई पाठो दिएर छुटाउनू। त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू।” “मेरो सामुन्ने कोही पनि रित्तै देखा नपरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गधैनीको पहिले जन्मेको बछेडालाई पाठो दिएर छुटाउनू; तर तिमीहरूले छुटाएनौ भने त्यसको गर्दन भाँचिदिनू। तिमीहरूका सबै जेठा छोराहरूलाई छुटाउनू। “मेरो सामु कोही खाली हात देखा नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक पहिले जन्मेको गधासित थुमा साट्न सक्छौ। यदि तिमीले थुमासित गधा साटेनौ भने, तिमीले गधाको मण्टो भाँचि दिनुपर्छ। तिमीहरूले मबाट आफ्नो छोराहरूको उद्धार गर्नुपर्छ। कुनै मानिस मेरोअघि बिना भेटी आउनु हुँदैन्।