Exodus 34:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले जाति-जातिहरूदेखि धपाई तिमीहरूका सिमाना फैलाएर लगेपछि तिमीहरूले ती तीनवटा चाडहरू मान्‍दा कसैले तिमीहरूका देश जित्‍ने चेष्‍टा गर्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म जाति-जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनेछु, र तिमीहरूको सिमाना बढ़ाइदिनेछु। जब तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु वर्षमा तीन पल्‍ट देखा परौला, तब कसैले तिमीहरूका जमिनको लोभ गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका सामु जातिहरूलाई धपाइदिनेछु, र तिमीहरूका सिमाना फैलाइदिनेछु; अनि वर्षमा तीन पल्ट तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि तिमीहरूका जमिनको लोभ गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू जब आफ्नो भूमिमा जानेछौ म तिमीहरूका शत्रुहरूलाई बलपूर्वक भगाईदिनेछु। म तिमीहरूको भूमिको सिमाना विस्तारित गर्नेछु। जब तिमीहरू वर्षमा तीन पल्ट परमप्रभु आफ्नो परमेश्वरको सामुन्ने जान्छौ तिमीहरूको भूमि कसैले पनि लाने चेष्टा गर्ने छैन।