Exodus 34:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मलाई पशु-बलि चढाउँदा त्‍योसित खमिर लाएर बनाएको रोटी बलि नचढाउनू। निस्‍तार-चाडमा मारेको पशुको कुनै हिस्‍सा भोलिपल्‍ट बिहानसम्‍म नराख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई चढ़ाइने बलिको रगत खमिर हालेको केही रोटीसित नचढ़ाउनू, र निस्‍तार-चाड़को बलिमध्‍येको केही पनि बिहानसम्‍म नछोड्‌नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू, र निस्तार चाडको बलिबाट कुनै पनि भाग बिहानसम्म रहन नदिनू।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीले मलाई बलिदान चढाउँछौ, रगतसंग कुनै खमीर नचढाऊ। “निस्तार चाडको मासु अर्को बिहानसम्म नराख।