Exodus 34:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दश आज्ञाहरू बोकेर जब मोशा सीनै पर्वतबाट ओर्लिआए, तिनको चेहरा चम्किरहेको थियो किनभने तिनले परमप्रभुसित कुरा गरेका थिए तर उनलाई त्यो थाहा थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्वर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने कुरो मोशालाई थाहा थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशा सीनै पर्वतबाट आफ्ना हातहरूमा साक्षी पाटीहरू लिएर तल ओर्ले, तब याहवेहसित तिनले कुरा गरेकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने तिनलाई थाहा भएन।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसंग कुरा गरेका थिए।