Exodus 34:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँसित अरू कोही नआओस्, पहाडको कुनै भागमा कोही मानिस देखा नपरोस् अनि पहाडको फेदमा गाई-गोरु वा भेडाहरू नचरून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही मानिस तँसँग नआओस्, न त पर्वतको कुनै भागमा देखा परोस्‌। कुनै भेड़ाबाख्रा वा गाईबस्‍तु त्‍यस पर्वतको अगाड़ि नचरोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्वतमा तँसित कोही पनि नआओस्; अथवा पर्वतका कुनै ठाउँमा देखा पनि नपरोस्; कुनै बगाल र बथान पनि पर्वतको सामु नचरोस्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीसित कसैलाई पनि आउन नदेऊ। पर्वतको कुनै ठाउँमा कसैलाई देखिनु हुँदैन। पर्वतको बेंसीमा तिमीहरू कसैको गाई, गोरू अथवा भेडाहरू चर्न पाउने छैनन्।”