Exodus 34:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले उनको मुहार चम्‍किरहेको देख्‍दथे। त्‍यसपछि अर्कोपल्‍ट परमप्रभुसित कुरा गर्नलाई पवित्र पालभित्र नपसुञ्‍जेल उनले घुम्‍टो लगाइराख्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले मोशाको अनुहार चम्‍केको देख्‍तथे। तब मोशाले परमप्रभुसित कुरा गर्नलाई भित्र नपसुञ्‍जेल त्‍यो घुम्‍टो आफ्‍नो अनुहारमा फेरि लगाउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले तिनको अनुहार चम्केको देख्थे। याहवेहसित कुरा गर्न भित्र नगएसम्म मोशाले फेरि आफ्नो अनुहारमाथि त्यो घुम्टो लगाउँथे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसंग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।