Exodus 34:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले अरू दुईवटा ढुङ्गाका पाटीहरू काटेर बनाए अनि भोलिपल्ट बिहानै परमप्रभुले आज्ञा गर्नुभएअनुसार ती लिएर सीनै पहाडमा उक्ले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले पहिलेकै जस्तो ढुङ्गाका दुई वटा पाटी काटेर परमप्रभुले आज्ञा गर्नुभएझैँ बिहान सबेरै उठी सीनै पर्वतमा उक्ले। तिनले आफ्ना हातमा ती दुई वटा शिला-पाटी पनि लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर निकाले, र याहवेहले आज्ञा दिनुभएझैँ बिहानै सीनै पवर्तमा उक्ले। तिनले ढुङ्गाका दुई वटा पाटीहरू आफ्ना हातमा बोके।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अर्को दिन मोशाले दुइवटा चेप्टा ढुङ्गाहरू तयारी बनाए अनि बिहानै उ सीनै पर्वतमाथि चढे। परमप्रभुद्वारा आज्ञा भएका सबै कुरा मोशाले गरे। उनी त्यहाँ ती दुइवटा टुक्रा चेप्टो ढुङ्गा लिएर गए।