Exodus 34:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिनको अघिबाट भएर जानुभयो र भन्‍नुभयो, “म परमप्रभु करुणा र दयाले भरिएको परमेश्‍वर हुँ, जो झट्टै रिसाउँदैन र जसले महान् प्रेम र विश्‍वासयोग्‍यता देखाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि परमप्रभु तिनको सामुन्‍नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ मोशाको सामु यसो भनेर घोषणा गर्दै जानुभयो, “याहवेह, याहवेह, दयालु र अनुग्रही परमेश्‍वर, रिस गर्नमा ढिलो, प्रेम र विश्‍वासयोग्यताले भरिपूर्ण हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।