Exodus 34:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “प्रभु, तपाईं साँच्‍चै मसित प्रसन्‍न हुनुहुन्‍छ भने म बिन्‍ती गर्दछु कि तपाईं हामीसित आउनुहोस्। यी मानिसहरू ढिट छन् तर हाम्रा दुष्‍टता र पाप क्षमा गर्नुहोस् र हामीलाई आफ्‍नै प्रजा भनी ग्रहण गर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, हे परमप्रभु, बिन्‍ती छ, परमप्रभु नै हाम्रा साथमा हिँड्‌नुहोला। यिनीहरू हठी मानिस भए तापनि हाम्रा दुष्‍टता र पाप क्षमा गरेर हामीलाई आफ्‍नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “हे प्रभु, यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने तपाईं नै हामीसित हिँड्नुहोस्। यो एउटा हठी जाति भए तापनि हाम्रा दुष्‍टता र पाप क्षमा गरिदिनुहोस्; अनि हामीलाई आफ्नो निज सम्पत्तिको रूपमा लिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
“हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसंग हिंड्नु होस्। म जान्दछु यी मानिसहरू अट्टेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”