Exodus 35:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काम गर्नको लागि तिमीहरू छ दिन पाउँछौ, तर सातौँ दिनचाहिँ म परमप्रभुलाई अर्पण गरेको एउटा पवित्र र महत्त्वपूर्ण विश्रामको दिन हुनेछ। जसले त्यो दिन केही काम गर्छ, त्यो मारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छ दिनसम्म काम गर्नू, तर सातौँ दिनचाहिँ तिमीहरूका लागि पवित्र दिन, याहवेहका निम्ति शब्बाथ विश्रामदिन हुनेछ। जसले यस दिनमा काम गर्दछ, त्यो मारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।