Exodus 35:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज-जसले इच्छा गरे, तिनीहरूले परमप्रभुको पवित्र पाल बनाउन उहाँकहाँ भेटी ल्याए। आराधना गर्नका लागि र पूजाहारीका वस्त्र बनाउन चाहिने सबै चीजबीजहरू तिनीहरूले ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसका हृदय उत्साहित भए र दिने इच्छा गरे; तिनीहरूले समागम पाल, त्यसको सेवाको सबै काम र पवित्र पोशाकहरूका निम्ति याहवेहको सामु भेटी ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।