Exodus 35:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इच्छा गर्ने प्रत्येक पुरुष र स्त्रीले सिङ्गार्नलाई पिन, कुण्डल, औँठी, मालाहरू र हरप्रकारका सुनका गरगहना ल्याए र परमप्रभुलाई अर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इच्छुक हुने हरेक पुरुष र स्त्रीले सबै प्रकारका सुनका गहना ल्याए—पिन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरू हरेकले आफ्ना सुन विशेष भेटीको रूपमा उचालिनको निम्ति याहवेहलाई चढाए।
Nepali ERV (पवित्र बाइबल)
सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।