Exodus 35:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कामको निम्‍ति इच्‍छा राख्‍ने सबै इस्राएलीहरूले आ-आफ्‍ना भेटी परमप्रभुकहाँ ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्‍ति मनमा इच्‍छुक भएका इस्राएलीहरूका हरेक स्‍त्री र पुरुषले राजीखुशीका भेटी ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका सबै पुरुष र स्त्रीहरू, जसले याहवेहको निम्ति भेटी चढाउने इच्छा राखे; याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएको सबै कामका निम्ति तिनीहरूले याहवेहकहाँ आफ्नो स्वेच्छा-भेटी ल्याए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।