Exodus 36:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अरू दुईवटा पर्दाहरू बनाए। एउटा रातो रङ्ग लाएको भेडाको छालाको र अर्को असल छालाको दुईवटा बाहिरी ढाक्‍ने पर्दाहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पालको निम्‍ति तिनीहरूले रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको एउटा छत बनाए, र त्‍यसमाथि सीलका छालाहरूको अर्को एउटा छत बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए।