Exodus 36:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले बजलेल, ओहोलीआब र अरू सीप भएका मानिसहरू, ज-जसलाई परमप्रभुले योग्‍यता दिनुभएको थियो र जो मद्दत दिनलाई राजी थिए, तिनीहरू सबैलाई बोलाए र काम सुरु गर्न अह्राए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बजलेल, ओहोलीआब र परमप्रभुले दक्षता र काम गर्नलाई प्रेरणा दिनुभएका सबै मानिसहरूलाई मोशाले बोलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे।