Exodus 36:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले नीलो, बैजनी र रातो रङ्गका ऊनले बुनिजोरेको मिहिन सुती कपडाको एउटा पर्दा बनाए र त्यसमा पखेटा भएका करूबका रूपहरू बनाएर फूल-बुट्टा भरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्ने पर्दा बनाए। त्यो निपुण शिल्पकारको काम भएका करूबहरू भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा पर्दा बनाए; जसमा निपूर्ण शिल्पकारद्वारा बनाइएका करूबहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सुती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि करूब स्वर्गदूतको चित्रमा बुट्टा भरे।