Exodus 36:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस पर्दाको निम्ति तिनीहरूले पाँचवटा खम्बाहरू बनाए, तिनमा अङ्कुसेहरू लगाए, तिनका टुप्पा र डन्डाहरू सुनले मोहोरे र खम्बाको लागि पाँचवटा काँसाका आसनहरू बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्यसका पाँच वटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए। तिनीहरूले खम्बाका टुप्पा र तिनका फित्ता सुनले मोहोरे, र तिनका पाँच वटा आधार काँसाका बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।