Exodus 36:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण पवित्र पालको निम्‍ति अब कसैले केही भेटी नल्‍याउनू भनी मोशाले सारा छाउनीमा आज्ञा दिए। मानिसहरूले भेटी ल्‍याउन छोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले आज्ञा गरे, र तिनीहरूले छाउनीभरि यो घोषणा गर्न लागे, “पवित्रस्‍थानका भेटीको निम्‍ति अब कुनै पुरुष वा स्‍त्रीले अरू केही थोक नबनाओस्‌।” यसरी मानिसहरूलाई अझै सामान ल्‍याउन मनाही गरियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: “अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।” यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।”यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके।