Exodus 37:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धूप बाल्‍नलाई तिनले बबुल काठको एउटा वेदी बनाए। त्‍यो वेदी ४५/४५ सेन्‍टिमिटरको बराबर लम्‍बाइ र चौडाइ भएको ९० सेन्‍टिमिटर अग्‍लो थियो। त्‍यसका चार कुनाका सिङजस्‍ता चोसाहरू वेदीसित एउटै काठको टुक्राजस्‍तो गरी बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बबुल काठको धूप-वेदी बनाए। त्‍यसको लमाइ एक हात र चौड़ाइ एक हातको थियो। त्‍यो वर्गाकार थियो, र त्‍यसको उचाइ दुई हातको थियो। त्‍यसका सीङहरू त्‍यही एउटै टुक्रा काठकै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाए। त्यो वर्गाकार थियो; जसको लम्बाइ एक क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ दुई क्यूबिट थियो। त्यसका सिङहरू पनि एउटै टुक्राबाट बनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो।