Exodus 38:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्तरपट्टि त्‍यसरी नै घेरा लगाइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उत्तरका भागको निम्‍ति पनि सय हातका पर्दाहरू, र तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै थिए, सबै काँसाका। तर खम्‍बाहरूका अङ्‌कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँगनको उत्तरपट्टिको निम्ति एक सय क्यूबिट लामा पर्दाहरू र बीस वटा खाँबाहरू, र काँसोका आधारहरू पनि बीस वटा नै थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
Nepali ERV (पवित्र बाइबल)
आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।