Exodus 38:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घेराका मूल-ढोकाको पर्दा नीलो, बैजनी र रातो रङ्गको ऊनले बुनेर जोडेको अनि फूलबुट्टा भरेको मिहिन सुती कपडाको बनेको थियो। त्यो पर्दा घेराका पर्दाजस्तै ९ मिटर लामो र २ मिटर अग्लो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोकको मूल ढोकाको पर्दा बुट्टा हाल्नेको काम भएको नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनिएको थियो। त्यसको लमाइ बीस हात र उचाइ चोकका पर्दाको बराबर पाँच हातको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँगनको मूलढोकाको पर्दामा बुट्टा हाल्नेको काम, जसलाई निलो, बैजनी र रातो रङ्गको मसिनो सुतीले बुनेको कपडाले बनाइएको थियो। यसको लम्बाइ बीस क्यूबिट र आँगनको पर्दाझैँ पाँच क्यूबिट उचाइ थियो।
Nepali ERV (पवित्र बाइबल)
आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भरेका थिए। पर्दाहरूमा बुट्टा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्ला थिए।