Exodus 38:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको पवित्र पाल बनाउन लागेका धातुहरूको सूची यस्तो छ। पवित्र पालमा दश आज्ञाहरू लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू राखिएका थिए। त्यो सूची मोशाको आज्ञाले लेवीहरूले तयार गरेका थिए। ती लेवीहरूले पूजाहारी हारूनका छोरा ईतामारका आदेशमा काम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्थान, अर्थात् गवाहीका मण्डपको निम्ति चलाइएका सामानको जुन गन्ती मोशाको आज्ञाबमोजिम हारून पूजाहारीका छोरा ईतामारद्वारा लेवीहरूले गरेका थिए, त्यसको वर्णन यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाका आज्ञाअनुसार पुजारी हारूनका छोरा ईतामारद्वारा लेवीहरूले समागम पाल, करारको पाल, जुनचाहिँ समागम पाल हो, बनाउनका निम्ति प्रयोग गरेका सरसामानहरूको वर्णन यही हो:
Nepali ERV (पवित्र बाइबल)
पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।