Exodus 38:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र वेदीका छेउमा लागेका कुण्‍डलहरूमा ती डन्‍डाहरू छिराए। काठको फल्‍याकले वेदी बनेको थियो र भित्रपट्टि खोक्रो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती डन्‍डाहरू वेदीका किनाराका मुन्‍द्राहरूमा त्‍यो बोक्‍नलाई हाले। तिनले ती फल्‍याकबाट त्‍यो खोक्रो बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले ती डण्डाहरूलाई वेदी बोक्नका निम्ति त्यसका दुवै तर्फका किनारका मुन्द्राहरूमा हाले। फल्याकहरूबाट तिनले त्यस वेदीलाई खोक्रो बनाए।
Nepali ERV (पवित्र बाइबल)
वेदी बोक्न मुन्द्रीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दूक झैं खोक्रो फल्याकले बनिएको थियो।