Exodus 39:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरूले पवित्रस्‍थानमा सेवा गर्दा लाउने सुन्‍दर र उत्तम वस्‍त्रहरू तिनीहरूले नीलो, बैजनी र रातो रङ्गका ऊनले बनाए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले हारूनको लागि पूजाहारीका पोशाकहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्रस्‍थानका सेवाको निम्‍ति तिनीहरूले नीलो, बैजनी, रातो रङ्गको धागोबाट बुनेका कपड़ाहरू, र हारूनको निम्‍ति परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम पवित्र पोशाकहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पवित्रस्थानका सेवाका निम्ति निलो, बैजनी र रातो धागोले बुनेका पोशाकहरू बनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले हारूनका निम्ति पनि पवित्र पोशाकहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।