Exodus 39:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पटुकाचाहिँ सुती कपडा र नीलो, बैजनी र रातो ऊनको बुट्टादार बनाए, ती सबै परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले मसिनो गरी बाटेका सूती कपड़ाको, र नीलो, बैजनी, रातो धागोको, बुट्टा भर्नेको काम भएको पटुका बनाए, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले शिल्पकारीले झैँ मसिनो गरी बाटेको सुतीको कपडा, निलो, बैजनी र रातो रङ्गको बुट्टेदार भएको पटुका बनाए।
Nepali ERV (पवित्र बाइबल)
जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए।