Exodus 39:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सुन पिटेर बनाए र काटेर पातला स-साना तारहरू बनाए र मिहिन सुती कपडामा र नीलो, बैजनी र रातो ऊनमा जडी लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सुन पिटेर पतला पाताहरू काटेर तारहरू बनाए। ती नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा मिलाउनलाई सिपालु शिल्पकारको काम भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सुनलाई पिटेर पातलो पाताबाट स-साना डोरीहरू बनाए; अनि त्यसलाई निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो सुती कपडामा जडे, जुनचाहिँ निपूर्ण कारिगरको हातको काम थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे।