Exodus 39:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र पवित्रस्‍थानमा पूजाहारीहरूले लाउने सुन्‍दर र उत्तम वस्‍त्रहरू, पूजाहारी हारून र तिनका छोराहरूले लाउने पवित्र पोशाकहरू ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्रस्‍थानमा सेवाका कामको निम्‍ति बुनेका पोशाकहरू, हारून पूजाहारीका पवित्र पोशाक र पूजाहारी पदमा सेवा गर्नका निम्‍ति तिनका छोराहरूका पोशाकहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पवित्रस्थानमा सेवाको निम्ति बुनिएका पोशाकहरू, पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू र पुजारीकै पदमा रही सेवा गर्नका निम्ति हारूनका छोराहरूका पोशाकहरू।
Nepali ERV (पवित्र बाइबल)
त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हरून उसका छोरीहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।