Exodus 39:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ती सामग्रीले नै राम्ररी बुनेको एउटा पटुका एपोदसित एउटै टुक्रा गरी लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदसँग एउटै टुक्राको र त्यस्तै काम भएको सुनको, र नीलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम सिपालु गरी बुनेको पटुका एपोदसँग एकै प्रकारका सामग्रीहरूबाट बनिएको थियो: सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको थियो।
Nepali ERV (पवित्र बाइबल)
एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।