Exodus 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मोशाले भने, “परमप्रभु मलाई नपठाउनुहोस्। म राम्ररी बोल्न सक्दिनँ। तपाईंको वचन सुनेर पनि म राम्ररी बोल्न सक्ने भएको छैनँ। म ढिलो अनि अड्की-अड्की मात्र बोल्न सक्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्नमा उस्तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”
Nepali ERV (पवित्र बाइबल)
तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँचो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू उपयोग गर्दिन।”