Exodus 4:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्नुभयो, “मानिसलाई कसले बोल्ने मुख दिन्छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्छ वा अन्धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनलाई भन्नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ।