Exodus 4:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसमा परमप्रभु मोशासित रिसाउनुभयो र भन्नुभयो, “तेरो दाजु लेवी हारूनको बारेमा कसो भन्छस्? म जान्दछु, त्यो राम्ररी बोल्न सक्छ। वास्तवमा त्यो अहिले तँलाई भेट्न आउँदै छ र तँलाई देखेर खुसी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्ररी बोल्न सक्छ। त्यो तँलाई भेट्न आउँदैछ, र तँलाई देखेर त्यो खुशी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाप्रति याहवेहको क्रोध दन्कियो, र उहाँले भन्नुभयो, “लेवी कुलको हारून तेरो दाजु होइन र? ऊ राम्ररी बोल्न सक्छ भनी म जान्दछु। त्यो तँसित भेट गर्न आइरहेको छ; र तँलाई देखेर उसको हृदय प्रसन्न हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्।