Exodus 4:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो लागि त्‍यो बोल्‍ने मुखपात्र भएर मानिसहरूसित कुरा गर्नेछ। तैँले चाहिँ परमेश्‍वरजस्‍तो भएर त्‍यसले के भन्‍नुपर्छ, सो त्‍यसलाई भनिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍योचाहिँ तेरो निम्‍ति मानिसहरूसित बोल्‍नेछ, र तेरो मुखझैँ हुनेछ, र तँचाहिँ त्‍यसको निम्‍ति ईश्‍वरतुल्‍य हुनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले तेरा निम्ति मानिसहरूसित बोलिदिनेछ, र ऊ तेरो मुखपात्र हुनेछ; अनि तँ उसका निम्ति ईश्‍वरतुल्य हुनेछस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसंग बोल्ने छन्। तिमी महान राजा जस्तै झैं हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्।