Exodus 4:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले मोशाले आफ्ना स्वास्नी र छोराहरूलाई गधामा चढाए र परमेश्वरले उनलाई लिन भन्नुभएको लट्ठी हातमा लिए र मिश्रतर्फ लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण आफ्नी पत्नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोशा मिश्रमा फर्के। र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले आफ्ना पत्नी र छोराहरू लिएर तिनीहरूलाई गधामाथि चढाए; अनि इजिप्टतिर लागे। अनि तिनले परमेश्वरको लहुरो आफ्नो हातमा लिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।