Exodus 4:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले फेरि मोशालाई भन्‍नुभयो, “अब तँ मिश्रमा फर्केर जाँदै छस्। मैले तँलाई जुन-जुन आश्‍चर्यकर्महरू गर्न शक्ति दिएको छु, ती सबै राजाका अघि गर्न याद राख्। तर म राजालाई ढिट बनाउनेछु र उसले इस्राएलीहरूलाई जान दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “जब तँ मिश्रमा फर्कन्‍छस्‌ तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुन्‍ने गर्‌। तर म त्‍यसको हृदय कठोर गरिदिनेछु, र त्‍यसले मानिसहरूलाई जान दिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्‍नुभयो, “जब तँ इजिप्टमा फर्कनेछस्, तब तैँले सबै अद्‌भुत कार्यहरू, जसका लागि मैले तँलाई शक्ति दिएको छु, फारोको सामु देखाउन नभुल्नू। तर म त्यसको हृदय कठोर पारिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।