Exodus 4:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही बीचमा परमप्रभुले हारूनलाई भन्नुभएको थियो, “उजाड-स्थान गएर मोशासँग भेट्।” यसरी हारून मोशालाई भेट्न पवित्र पर्वतमा गए र उनलाई भेटेर म्वाइँ खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हारूनलाई भन्नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्थानतिर जा।” तब उनी परमेश्वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्वाइँ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले हारूनलाई भन्नुभयो, “मोशालाई भेट्न उजाडस्थानमा जा।” यसकारण तिनले मोशालाई परमेश्वरको पर्वतमा भेटे, र तिनलाई चुम्बन गरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरूभूमिमा जाऊ अनि मोशालाई भेट।”यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए।