Exodus 4:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भनेका कुरा इस्राएलीहरूले विश्वास गरे र जब परमप्रभु हाम्रा माझमा आउनुभएको छ र हामीलाई कस्तो अत्याचार हुँदै छ, त्यो देख्नुभएको छ भनी तिनीहरूले सुने, तब तिनीहरूले शिर निहुराएर परमप्रभुलाई दण्डवत् गरे र उहाँलाई आराधना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मानिसहरूले पत्याए। परमप्रभु इस्राएलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्ना शिर निहुराएर दण्डवत् गरी आराधना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र इस्राएलीहरूले विश्वास गरे। अनि तिनीहरूले जब याहवेहले तिनीहरूप्रति वास्ता राख्नुभएको छ, र उहाँले तिनीहरूको कष्ट देख्नुभएको छ भनी सुने, तब तिनीहरूले निहुरेर आराधना गरे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।