Exodus 4:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “घोप्‍टेर त्‍यसको पुच्‍छर समातेर उठा।” मोशाले त्‍यसै गरे र त्‍यो हातमा लट्ठी नै भइगयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “तेरो हात लम्‍काएर त्‍यसको पुच्‍छरमा समात्‌।” अनि मोशाले हात लम्‍काएर समाते, र त्‍यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले तिनलाई भन्‍नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो।