Exodus 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्‍वर, अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्‍याऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्‍नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्‍वास गरून् भनेर हो।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”